Skip

Hamro Sanchar

प्रतिनिधिसभा बैठक आज पनि, यस्तो छ कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २५ गते


२५ असार, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१र२०८२’ पेस गर्नेछिन् ।

‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१र२०८२’ पनि मन्त्री गौतमले पेस गर्नेछिन् ।

बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’लाई प्रस्तुत गर्ने कार्यसूची छ ।

“नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि आजकै बैठकमा प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्