Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माधव र मलाई सिध्याउन ओलीकै स्तरको शक्ति अरू कसैसँग छैन : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २१ गते


Advertisement

२१ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  माधव नेपाल  र आफुलाइ सिध्याउन ओलीकै स्तरको शक्ति अरू कसैसँग नभएकाे दाबी गरेका छन्।

आफूलाई राजनीतिक रूपमा कमजोर बनाउने प्रयासका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अन्य कुनै नेताको तुलना हुन नसक्ने बताए।

आज काठमाडौंमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफूविरुद्ध सबैभन्दा धेरै राजनीतिक दबाब र प्रयास ओलीकै नेतृत्वमा भएको दाबी गरे।

‘प्रचण्ड’ले आफू र पार्टीका सहसंयोजक माधव नेपाललाई लक्षित गरेर भइरहेको राजनीतिक गतिविधिमा प्रधानमन्त्री वालेन्द्र शाहको सरकार प्रमुख भूमिका नरहेको बताए । प्रचण्डले आफूहरूविरुद्ध कुनै आधार भएको भए वर्तमान सरकारले होइन, पूर्वप्रधानमन्त्री ओलीकै पालामा कारबाही भइसक्ने दाबी गरे ।

उनले आफूहरूलाई फसाउने र राजनीतिक रूपमा समाप्त पार्ने प्रयास ओली नेतृत्वमा पनि भएको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराखिएको टिप्पणी गरे।


प्रतिकृया दिनुहोस्