Skip

Hamro Sanchar

मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १९ गते


काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तका साथै दुई आयुक्त सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद् बैठकले आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको छ । आयोगका रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजीव सुब्वालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रस्तावित व्यक्तिउपर छलफल नै नगरी सिधै सिफारिस गरिएको भन्दै आपत्ति जनाएका थिए ।

उनले आगामी दिनमा प्रस्तावित व्यक्तिहरूउपर पर्याप्त छलफलपछि मात्रै सिफरिसको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिए ।


प्रतिकृया दिनुहोस्