Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

थमन विक हत्या प्रकरण : एमाले पुर्व सांसद कोइरी जेल चलान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १९ गते


Advertisement

बर्दिबास । एमाले पुर्व सांसद लक्ष्मी महतो कोइरी कारागार चलान भएका छन् ।

उनलाई जलेश्वर कारागार पठाइएको हो। जिल्ला प्रहरी कार्यालयले पेश गरेपछि जिल्ला अदालत जलेश्वरले कैद भुक्तानका लागि कारागार पठाइएको महोत्तरीको प्रहरी प्रवक्ता एव डिएसपी पन्चलाल गोलेले जनाए ।

मधेस आन्दोलनको क्रममा ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या प्रकरणमा उच्च अदालतको फैसलाअनुसार कैद सजाय ठहर भएपछि उनलाई बिहीबार पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०८३ असार १८ गते साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौशाला नगरपालिका–५ स्थित एमाले पार्टी कार्यालय अगाडिको सार्वजनिक स्थानबाट गौशाला नगरपालिका–२ निगौल निवासी पूर्व सांसद कोइरीलाई पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार २०७२ भदौ २५ गते ड्युटीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्या भएको घटनामा चलेको कर्तव्य ज्यान मुद्दामा महोत्तरी जिल्ला अदालतको २०८० मंसिर २८ गतेको फैसला उल्ट्याउँदै उच्च अदालत जनकपुरले २०८३ असार १७ गते कोइरीलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।


प्रतिकृया दिनुहोस्