Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जान्नेलाई छान्नेु नाममा सरकारले आफ्नै निकट व्यक्तिलाई नियुक्त गर्‍यो : शंकर पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १८ गते


Advertisement

१८ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गरे पनि व्यवहारमा राजनीतिक नियुक्तिलाई नै निरन्तरता दिएको आरोप लगाएका छन्।

पोखरेलले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएर विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने सरकारको दाबी विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्तिबाट खण्डित भएको बताएका हुन्।

उनले मेयर पदका उम्मेदवार बनेका पूर्वसचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्त गरिएको उल्लेख गर्दै त्यसले सरकारको ुअसली अनुहारु उजागर गरेको दाबी गरे।

पोखरेलले राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेशमार्फत पद रिक्त गराई आफ्नै दल निकट व्यक्तिलाई नियुक्त गरिएको आरोप पनि लगाए। उनले ुजान्नेलाई छान्नेु भन्ने सरकारको नारालाई व्यंग्य गर्दै त्यसको वास्तविक अर्थ आफ्ना मान्छेलाई भर्ती गर्ने तरिका भएको टिप्पणी गरेका छन्।

बालेन सरकारको गजबको तरिका। विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको असली अनुहार मेयरको उम्मेदवार बनेका पूर्वसचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्षको कुर्सीमा पुर्‍याएर उदांगिएको छ, उनले सामाजिक सञ्जालमा लेखे, राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश मार्फत रिक्त गरिएको पदमा आफ्नो दलको खास मान्छे भर्ती गर्ने कुरा जान्नेलाई छान्नेु को गजबको तरिका रहेछ। हैन र!


प्रतिकृया दिनुहोस्