Skip

Hamro Sanchar

वामपन्थी र देशभक्त शक्ति ढिलाइ नगरि छिटो एक हुनुपर्छ : संयोजक दाहाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १४ गते


१४ असार, काठमाडौं। नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले वामपन्थी तथा देशभक्त शक्तिहरू ढिलाइ नगरी एक हुनुपर्ने बताएका छन् ।

उनले राष्ट्रिय स्वाधीनताको रक्षा, निरंकुशताविरुद्धको संघर्ष तथा वैदेशिक दबाब र हस्तक्षेपको सामना गर्न वामपन्थी र देशभक्त शक्तिहरूबीच तत्काल सहकार्य आवश्यक रहेको बताए ।

मदन भण्डारीकोे ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै दाहालले ‘अहिल्यै, आजै सहकार्य गर्नुपर्छ’ भन्दै एकतालाई ढिलाइ गर्नु राजनीतिक रूपमा गल्ती हुने धारणा व्यक्त गरेका छन्।

उनका अनुसार देशको राष्ट्रिय हित र लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि समान विचार भएका राजनीतिक शक्तिहरूबीच छिटो सहकार्य र एकता आवश्यक छ ।


प्रतिकृया दिनुहोस्