Skip

Hamro Sanchar

के ओलि-प्रचण्ड फेरि एक हुँदैछन् ? कार्यकर्तालाई दाहालले यस्तो भने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १२ गते


१२ असार, विराटनगर । केपी शर्मा ओलि र
पुष्पकमल दाहाल फेरि एक भएर जाने संकेत देखिएको छ ।

नेकपा संयोजक दाहालले नेकपा एमालेसँग तत्काल सहकार्य गरिने बताएपछि ओलि दाहालको जोडि फेरि एक पटक जम्ने देखिएको हो ।

विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै दाहालले एमालेसँग तत्काल एकता नभएपनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेर अघि बढ्ने बताएका हुन् ।

उनले तत्काल पार्टी एकता नगरेपनि सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।

आफूमाथि हुने गरेका आलोचना र सामाजिक सञ्जालको गालीलाई सामान्य रूपमा लिँदै दाहालले कार्यकर्ताहरूलाई बोल्ड भएर अगाडि बढ्न आग्रह गरेका छन् । ।

‘हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मान्छे हौँ, क्रमभङ्ग गर्दै आएको हो, महाधिवेशनमा अर्को क्रमभङ्ग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्,’ उनले भने, ‘नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरीकन अगाडि आउनु र हेर्नुस् क्रमभङ्ग कस्तो हुँदो रहेछ । प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अगाडि बढ्नुस् ।’


प्रतिकृया दिनुहोस्