Skip

Hamro Sanchar

रास्वपाको पदाधिकारीको मतदान राति सवा ९ बजेदेखि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ११ गते


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीका लागि आज राति ९:१५ बजेदेखि मतदान सुरु हुने भएको छ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनसहित उक्त कार्यतालिका प्रकाशित गरेको हो ।

कार्यतालिकाअनुसार आज साँझ साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ । त्यस्तै ७स्३० बजे उमेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ ।

त्यस्तै ८:४५ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने ८:४५ देखि ९:१५ सम्म मौन अवधि रहनेछ ।

त्यस्तै ९:१५ देखि १२:१५ सम्म मतदान हुने र शुक्रबार बिहान १:३० बजे परिणाम घोषणा हुने जनाइएको छ ।

 

 

 


प्रतिकृया दिनुहोस्