Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शंकर पोखरेलको चेतावनी : रास्वपाले नयाँ राजनीतिक द्वन्द्वको बिउ नरोपोस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ११ गते


Advertisement

११ असार, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले रास्वपाले सत्तामा पुगेपछि चुनावमा गरेको वाचाविपरीत क्रियाकलाप अघि बढाएको आरोप लगाएका छन् ।

उनले राष्ट्रिय अधिवेशनमार्फत रास्वपाले संघीयताको विरुद्धमा आफूलाई उभ्याउने काम गरेको आरोप बताएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले चुनावमा एउटा वाचा गरे पनि सत्तामा पुगेपछि रास्वपाले ठीक विपरीत क्रियाकलाप गरेको उनको भनाइ छ ।

“सत्तारूढ दलको यो चरित्रले समाजमा नयाँ राजनीतिक द्वन्द्वको बिउ नरोपोस् भन्ने कुरामा सबै सचेत हुन जरुरी छ,” उनले भनेका छन् ।

संघीयता आदिवासी जनजाति, मधेसी, दलित र अल्पसंख्यक समुदाय तथा पिछडिएको क्षेत्रको दशकौँ लामो आकांक्षा र संघर्षको परिणाम भएको उनले स्मरण गराएका छन् ।

उनले भनेका छन्, “तर, विडम्बना ! चुनावका बेला ‘प्रदेश र स्थानीय तहलाई थप बलियो बनाउने’ दाबी गरेर जनताको मत जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राष्ट्रिय अधिवेशनमार्फत संघीयताकै विरुद्धमा आफूलाई उभ्याउने काम गरेको छ ।”

निर्वाचनका समयमा गरिएका वाचा विपरीतका गतिविधिविरुद्ध एकजुट भई खबरदारी गर्न उनले आह्वान गरेका छन् ।


प्रतिकृया दिनुहोस्