Skip

Hamro Sanchar

आशिका तामाङ लेख्छिन् :पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने थाहा थिएन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ११ गते


११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले आफूलाई दलको आन्तरिक निर्वाचन र देशको निर्वाचन गराउने आयोग फरक–फरक हुने विषयबारे जानकारी नभएको बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफ्नो अज्ञानतालाई लिएर ‘मिडिया ट्रायल’ नगर्न आग्रह गरेकी छन् ।

उनले पार्टीको महाधिवेशनका क्रममा भएको निर्वाचनलाई सुरुमा राष्ट्रिय निर्वाचनसरह सम्झिएको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा उनले लेखेकी छन्, ‘मैले सोचेँ फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो । पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ र ?’

तामाङले आफू राजनीतिमा आएको धेरै समय नभएको भन्दै सिक्ने र बुझ्ने क्रममा रहेको पनि बताएकी छन् । उनले मानिस सिक्दै र बुझ्दै जाने प्रक्रिया स्वाभाविक भएको उल्लेख गर्दै पार्टी महाधिवेशनबाट आफूले एउटा कुरा बुझेको प्रतिक्रिया दिएकी छन् ।

‘मेरो राजनीतिमा जन्म भाको २ महिना राम्रो भएको छैन, न मेरो बाउ राजनीतिज्ञ थियो न आमा न स्वयम् आफू हुँ ! मान्छे सिक्दै जाने हो बुज्दै जाने हो ! तर, मैले महाधिवेशनबाट के बुझेँ भने दुःख पाउने त उही भुइँ मान्छे जनता नै रहेछ जता पनि ! उनले लेखेकी छन् ।

 

 


प्रतिकृया दिनुहोस्