
१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे चितवनमा जारी महाधिवेशन लम्बिदा प्रतिनिधिसभा बैठकको समय परिवर्तन गरिएको छ ।
११ असारको बिहान ११ बजेका लागि बोलाइएको संसद बैठक अब १२ असारको दिउँसो १ बजेका लागि सारिएको हो ।
संघीय संसद सचिवालयले बुधबार सूचना जारी गर्दै बैठकको दिन र समय परिवर्तन भएको जानकारी दिएको हो । सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले असार १२ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी समय तोकेको उल्लेख छ ।
रास्वपाको ९ असारबाट सुरु भएको मआधिवेशन १० असारमा सक्ने कार्यतालिका थियो । महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया सुरु हुन सकेको छैन ।































