Skip

Hamro Sanchar

रास्वपा महाधिवेशन : मतदानमा किन भइरहेको छ ढिलाइ ? अझै २-३ घण्टा लाग्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १० गते


Advertisement

१० असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मतदानमा ढिलाइ भएको छ ।

मतदानका लागि अझै दुईरतीन घण्टा लाग्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्यका उमेदवारको नामावली तयारीसँगै अन्य प्रक्रिया पूरा गर्न तीन घण्टा लाग्ने भएको हो ।

पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्रकार सम्मेलनको आयोजना गरी निर्वाचन प्रक्रिया सुरु हुन केही समय लाग्ने जानकारी दिए । उनले भने, “केन्द्रीय सदस्यको उमेदवारी अध्ययन, दाबीविरोध, विद्युतीय मतदान उपकरणमा उमेदवारको नामावली प्रविष्ट गर्नेलगायत काम बाँकी रहेकाले दुईदेखि तीन घण्टा लाग्न सक्छ ।”

उनले केन्द्रीय सदस्यमा ३७० जनाको उमेदवारी परेको जानकारी दिए । कतिपय साथीहरूको दोहोरिएकाले उमेदवारको संख्या घटेको उनले बताए ।

प्रतिनिधिको समस्या समाधानका लागि तीनवटा हेल्प डेस्क बनाएर काम सुरु गर्न लागिएको उनले जानकारी दिए । उनले भने। “खाना खान प्रयोेग भइरहेको हल पछाडि तीनवटा डेस्क बनाएर काम गरिएको छ ।


प्रतिकृया दिनुहोस्