Skip

Hamro Sanchar

रविले भने : ‘बल झुक्किएर मसँग आयो भने पनि बालेनलाई नै पास गर्छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ७ गते


७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी सरकार सञ्चालनका विषयमा पार्टीको धारणा स्पष्ट गर्दै वरिष्ठ नेता बालेन शाहलाई नेतृत्वको जिम्मेवारी दिने प्रतिबद्धता दोहोर्याएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले फुटबलको उदाहरण दिँदै चुनावअघि नै सरकार सञ्चालनको ‘बल’ बालेन शाहको खुट्टामा पुर्‍याइसकेको बताए। अब गोल गर्ने अर्थात् नेतृत्व गरेर परिणाम दिने जिम्मेवारी बालेनकै रहेको उनको भनाइ थियो।

उनले “झुक्किएर त्यो बल कहीँ आएछ भने पनि फेरि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो हो,” भन्दै सरकार सञ्चालनको विषयमा पार्टीभित्र कुनै अन्योल नरहेको संकेत दिए। उनको यो अभिव्यक्तिपछि कार्यक्रममा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए।

सम्बोधनका क्रममा लामिछानेले आफू आलोचना गर्ने वा चुक्ली लगाउनेहरूलाई जवाफ दिन नभई इतिहासप्रति उत्तरदायी भएर बोलिरहेको पनि उल्लेख गरे। उनका अनुसार पार्टीको उद्देश्य व्यक्तिगत विवादमा अल्झिनु होइन, दीर्घकालीन राजनीतिक परिवर्तनको आधार तयार गर्नु हो।


प्रतिकृया दिनुहोस्