
१० जेठ , काठमाडौं । नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध भण्डाफोर अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका गलत कामविरुद्ध पार्टीले देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले बताए ।
सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै आवश्यकताअनुसार सडक र सदनमा भण्डाफोर गर्ने निर्णय बैठकले गरेको हो ।





























