Skip

Hamro Sanchar

महिला संघको अध्यक्षमा मीना खरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २५ गते


Advertisement

२५ बैशाख, काठमाडौं । नेपाल महिला संघको अध्यक्षमा मिनाकुमारी खरेल चयन भएकी छन्।

नेपाली कांग्रेसका सभापति गगन थापाले खरेललाई महिला संघको अध्यक्ष चयन गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार, थापाले खरेललाई अध्यक्ष नियुक्त गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जनाएका छन्।

चितवनकी खरेल गत फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन–२ बाट उम्मेदवार बनेकी थिइन्।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसँग पराजित भएकी थिइन्।

 


प्रतिकृया दिनुहोस्