Skip

Hamro Sanchar

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २२ गते


२२ बैशाख, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)अध्यादेश, २०८३ जारी गरेका थिए ।

केही दिनअघि मात्रै राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए ।

फिर्ता पठाएको अध्यादेशलाई हिजाको मन्त्रिपरिषद् बैठकले जस्ताको तस्तै पुनः सिफारिस गरेको थियो ।

एक वर्षअघि पनि पौडेलले संसदले पारित गरेको विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए ।

 


प्रतिकृया दिनुहोस्