
२१ बैशाख, काठमाडौं । सरकारले भारतसँग जिटुजी मार्फत रासायनिक मल खरिद गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डी एपी मल जिटुजी मार्फत खरिद गर्नका मलागि कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
अहिले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन मार्फत ग्लोबल टेन्डर मार्फत मल खरिद गर्दै आएको छ । यसरी मल ल्याउँदा टेन्डर कम्पनीले ढिलाइ गर्दा समस्या हुँदै आएको छ ।













