Skip

Hamro Sanchar

काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २१ गते


२१ बैशाख, काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न मसाज सेन्टरहरूबाट दुई सयभन्दा बढी महिला र पुरुषलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २५८ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको थियो । अनैतिक क्रियाकलाप गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौँको ठमेल, बौद्ध तथा ललितपुरको विभिन्न ठाउँमा रहेका मसाज सेन्टरबाट २४० जना महिला र १८ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्