
१८ बैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन् ।
शुक्रबार सरकारले सुकुम्बासी बस्ती हटाएको दृश्य हेर्न नसकेर रेखा कुँवर बेहोस भएकी हुन् । प्रहरीले बेहोस भएकी कुँवरलाई उद्धार गरेर अस्पताल लगेको छ ।
कुँवरको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।













