Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बल्खुको सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर, यस्तो देखियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १८ गते


Advertisement

१८ बैशाख, काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका बागमती तथा यसका सहायक नदी किनारमा रहेका अनधिकृत सुकुमबासी बस्ती हटाउने अभियानको दोस्रो चरण सुरु गरेको छ।

यसैक्रममा शुक्रबार बल्खु क्षेत्रमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाउन थालिएको हो ।

बस्ती हटाउने क्रममा हुन सक्ने सम्भावित झडप वा अवरोधलाई मध्यनजर गर्दै सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। डोजरसँगै ठुलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएका छन्।

आफ्नै व्यवस्थापन गर्न नसक्ने वा तत्काल ओत लाग्ने ठाउँ नभएका परिवारहरूलाई सरकारले होल्डिङ सेन्टरमा लैजाने व्यवस्था गरेको छ।

आश्रयस्थल नभएका परिवार र उनीहरूको सामान होल्डिङ सेन्टरसम्म पुर्‍याउन सुरक्षाकर्मीहरूले सहयोग गरिरहेका छन्।

बस्ती हटाउने कार्य सुरु भएपछि बल्खु क्षेत्रका स्थानीय बासिन्दाहरूमा भने केही समय तनाव र अन्योल देखिएको थियो।

 


प्रतिकृया दिनुहोस्