Skip

Hamro Sanchar

रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १७ गते


१७ बैशाख, रोल्पा । रोल्पामा बोलेरो दुर्घटना हुँदा १७ जनाको मृत्यु घएको छ। उनीहरूको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

बिहीबार रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो भीरबाट खसेको थियो।

रोल्पाको थवाङ गाउँपालिका-१, जलजलामा बोलेरो भीरबाट खस्दा १७ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए।

उनीहरू रुकुम पूर्वबाट वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी जलजला गएका थिए। प्रहरीका अनुसार, बोलेरो सडकबाट करिब आठ सय मिटर तल खसेको हो।

दुर्घटना लगत्तै प्रहरी टोली परिचालन गरिएको छ। उद्धार कार्य जारी रहेको नेपाल प्रहरीले जनाएको छ।

नेटवर्कको समस्याका कारणले घटनाको विषयमा धेरै जानकारी आइनसकेको उनले बताए। प्रहरी टोलीसँग निरन्तर सम्पर्क गर्ने प्रयास भइरहेको उनको भनाइ छ।


प्रतिकृया दिनुहोस्