Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

३ जना युवती सवार स्कुटर दुर्घटना : दुई जनाको मृत्यु, एक गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


Advertisement

१६ बैशाख, पाल्पा । ३ जना सवार स्कुटर दुर्घटना हुँदा पाल्पामा २ जनाको मृत्यु भएको छ।

पाल्पाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको लु ३४ प ५७६६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बेलबासदेखि केहि माथि भ्यु प्वाइन्ट नजिकै ओरोलो सडकमा अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा कपिलवस्तु बाणगंगा नगरपालिका ७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका ११ कालिका नगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको हो।

स्कुटरमा तीन जना सवार थिए। स्कुटर चालक बाणगंगा ७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

मंगलबार साँझ पौने ७ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएकोमा निशा र पूर्णिमालाई चिकित्सकले मृत घोषणा गरेको थिए।

 

 

 


प्रतिकृया दिनुहोस्