Skip

Hamro Sanchar

वीपी राजमार्ग पुनः अवरुद्ध, यातायात ठप्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


१६ बैशाख, काठमाडौँ। गएराति परेको वर्षाका कारण वीपी राजमार्गको दुई ठाउँमा सडक फेरि अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार राजमार्गको चारसय बेसी र कटुन्जेमा डाइभर्सन बगेपछि यातायात ठप्प भएको हो ।

अहिले सडक खुलाउने काम भइरहेको र अबको एक देखि डेढ घण्टाभित्रमा यातायात सुचारु हुने प्रमुख योगेशले जानकारी दिएका छन् ।

वर्षाका कारण सडक अवरुद्ध बनेपछि बिहानैदेखि सवारी साधन र यात्रुहरू बिच बाटोमै रोकिएका छन् । सडक विभागले मेशिन प्रयोग गरेर अवरोध हटाउने काम गरिरहेको उनले बताए ।


प्रतिकृया दिनुहोस्