Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अहिलेसम्म कति सुकुम्बासीले टिपाए नाम ? यस्तो छ अपडेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


Advertisement

१४ बैशाख, काठमाडौं । अहिलेसम्म ९३१ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्।

यी परिवारका ३ हजार ९३५ जना सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको विवरण संकलनमा संलग्न एक अधिकारीले बताए। यसमध्ये १५ सयभन्दा बढी बालबालिका छन्।

सरकारले सुरक्षा बल प्रयोग गरी थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायतका सुकुम्बासी बस्ती भत्काएपछि डरले लाखापाखा लागेका सुकुम्बासीहरू सम्पर्कमा आउन थालेका हुन्।

शनिबार बिहानैबाट सुकुम्बासी बस्ती खाली गर्न प्रहरीले माइकिङ गरेपछि उनीहरू डर र अन्यौलका कारण सामानसहित विभिन्न ठाउँमा सरेका थिए। अहिले उनीहरू सुकुम्बासीका रूपमा विवरण टिपाउन रंगशाला आइरहेका छन्।

आफै आवास र खानपिन प्रबन्ध गर्न नसकेका परिवारको विवरण संकलन गर्न सरकारले दशरथ रंगशालामा हेल्प डेस्क राखेको छ। त्यहाँ विवरण टिपेपछि विभिन्न पाँचवटा ुहोल्डिङ सेन्टरु मा उनीहरूको बस्ने व्यवस्था गरिएको छ।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।समिति र प्राधिकरणले रंगशाला पश्चिमतर्फको कुनामा छुट्टाछुट्टै डेक्स राखेर फारम भराइरहेका छन्।

रंगशालामा छुट्टै डेस्क राखेर उनीहरूको स्वास्थ्य परीक्षण गर्ने र खाना खुवाउने काम भइरहेको छ। यसको समन्वय काठमाडौं महानगरपालिकाले गरिरहेको छ।

थापाथलीबाट विस्थापित सुकुम्बासीहरू धेरैजसो यहाँ आइसकेका छन् भने सिनामंगल, गैरीगाउँ, शान्तिनगरबाट पनि आउने क्रम जारी छ। आइतबारबाट सिनामंगल, गैरीगाउँ, शान्तिनगर क्षेत्रका बस्तीबाट आउनेको संख्या ह्वात्तै बढेको छ।

अहिलेसम्म विवरण टिपाएकामध्ये कुन परिवार कुन बस्तीबाट आएको भनेर छुट्टयाएर हेर्न बाँकी छ।

नाम र विवरण टिपाएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टर, होटल, लजमा लगेर राखिएको छ ।


प्रतिकृया दिनुहोस्