Skip

Hamro Sanchar

टीयू क्रिकेट मैदान भत्किँदैन : सरकारका प्रवक्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


Advertisement

१४ बैशाख, काठमाडौं ।शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टीयू)परिसरमा रहेको क्रिकेट मैदान भत्किने हल्ला असत्य रहेको बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले टीयू खेलमैदानबारे उठेका जिज्ञासाको जवाफ दिएका हुन् ।

मन्त्री पोखरेलले सोमबार बिहान मात्रै टीयू पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै मैदान भत्काउने कुनै योजना नभएको स्पष्ट पारे ।.

पहिलेको लिज सम्झौता सकिएको छ, अब नयाँ ढाँचामा भाडा सम्झौता हुन्छ, उनले भने, राज्यको यति ठूलो लगानी भएको संरचना भत्किँदैन । सकिएको लिजलाई नयाँ सम्झौतामार्फत निरन्तरता दिइन्छ ।


प्रतिकृया दिनुहोस्