Skip

Hamro Sanchar

सशस्त्र प्रहरीको आईजीपीमा नारायण दत्त पौडेल बढुवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


१४ बैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजी नारायणदत्त पौडेललाई बढुवा गरिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

हालका आईजीपी राजु अर्यालयले वैशाख १८ देखि आईजीपीको चारवर्षे कार्यकाल पूरा गरेर अवकाशमा जाँदै छन् ।

अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्रको कमान्ड सम्हालेका थिए ।

सरकारले उनी अवकाशमा जान चारदिन बाँकी हुँदै नयाँ आईजीपीमा पौडेललाई नियुक्त गरेको हो । आईजीपीका लागि एआईजीद्धय बंशी दाहाल र गणेश थापा मगर पनि प्रतिस्पर्धामा थिए ।

तर, सरकारले बरियताको एक नम्बरमा रहेका पौडेललाई आईजीपी नियुक्त गरेको हो ।


प्रतिकृया दिनुहोस्