Skip

Hamro Sanchar

तोलामा २७ सय रुपैयाँले बढ्यो सुनको मुल्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १३ गते


१३ बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला २ हजार ७०० र चाँदी ५० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ९९ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ९९५ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्