Skip

Hamro Sanchar

मनोहराको सुकुम्वारी बस्ती भत्काउन पुग्यो डोजर, प्रहरी परिचालन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १३ गते


१३ बैशाख, काठमाडौं । काठमाडौंको मनोहरा सुकुम्वासी बस्ती आज भत्काइँदै छ । बस्ती भत्काउन अहिले त्यहाँ डोजर पुगेको छ ।

बस्ती भत्काउनुअघि त्यहाँ बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका बस्तीहरू शनिबार नै खाली गर्ने तयारी भए पनि त्यो प्रक्रिया रोकिएको थियो ।

काठमाडौं महानगर र प्रहरी टोली राति मनोहराको बस्तीमा गए पनि डोजरमाथि ढुंगामुढा भएपछि फर्किएका थिए ।

शनिबार थापाथली र गैरीगाउँस्थित सुकुम्वासी बस्ती खाली गरिएको थियो ।


प्रतिकृया दिनुहोस्