
५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले सर्वोच्च अदालतको फैसला मान्ने निर्णय गरेको छ ।
साथै इतर समुहले एकताका लागि वृहत परामर्श गर्ने निर्णय समेत लिएको छ ।
नेता पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकले उक्त निष्कर्ष निकालेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।
सर्वोच्च अदालतले कांग्रेको आधकारिकता विवाद तीन महिनापछि वैशाख चारमा टुंग्याएको थियो ।
सर्वोच्चले निर्वाचन आयोगको निर्णय कानुनी आधारमा रहेकोसहित अन्य तीन कारण देखाउँदै गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो । त्यसपछि देउवा पक्षको बैठक वैशाख ५ मा बसेको हो ।













