Skip

Hamro Sanchar

अब एमाले बन्द कोठाका षड्यन्त्र र सीमित व्यक्तिको क्याल्कुलेसनबाट होइन, कार्यकर्ताको भावनाबाट चल्नुपर्छ : पाण्डे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ४ गते


काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अबको एमाले आमकार्यकर्ताको भावनाबाट चल्नु पर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै अहिलेसम्म बन्द कोठाको षड्यन्त्र र सीमित व्यक्तिको चाहनामा चलेको एमाले अब आमकार्यकर्ता केन्द्रित बनाउन जरुरी रहेको बताएका हुन् ।

उनले ‘पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा ?’ भन्ने विषयमा लेखेका छन्, ‘यो जायज प्रश्न हो । हामीले पार्टीका आधिकारिक फोरम र बैठकमा पटक-पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौँ र गल्तीहरू औंल्यायौँ । ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो ‘नोट अफ डिसेन्ट’को एउटा कुनामा मात्र सीमित गरियो । जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र ‘हुकुम’ दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ ।’

पाण्डेले बैठकहरु हुकुम दिने थलो भएको भन्दै टिप्पणी गरेका छन् र भनेका छन्, ‘अबको एमाले ‘बन्द कोठा’को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्यपदतिबाट चल्नुपर्छ ।’

 


प्रतिकृया दिनुहोस्