Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जुवा खेलेको आरोपमा क्यासिनोबाट १४ जना नेपाली पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ३ गते


Advertisement

काठमाडौं । जुवा खेल्ने र खेलाउने गरेको आरोपमा प्रहरीले काठमाडौँका क्यासिनोबाट १४ जना नेपालीलाई पक्राउ गरेको छ।

दुई वटा क्यासिनोबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले बताए।

बुढानिलकण्ठ नगरपालिका–१, तौलुङस्थित लेमन ट्री होटलभित्र रहेको गरुड क्यासिनोबाट १३ जना र काठमाडौँ महानगरपालिका–१४, सोल्टीमोडस्थित क्यासिनो महजङबाट एक जनालाई पक्राउ गरिएको हो।

दुवै क्यासिनोमा हारजित हुने गरी जुवा खेल्ने र खेलाउने गरिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको भट्टराईको भनाइ छ। नेपाली नागरिकलाई क्यासिनो जुवा खेल्न र खेलाउन अनुमति छैन।

उनीहरूबाट एक लाख ९० हजार रुपैयाँ बरादम गरिएको छ। त्यस्तै, १४ वटा मोबाइल, एउटा नक्कली भारतीय आधार कार्ड, दुई वटा सवारी चालक अनुमतिपत्र, एउटा नक्कली भारतीय भोटर कार्ड, सीसी क्यामरको ३ वटा डीभीआर र नेपालीले नगद साटेको इन्ट्री बुक पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्