Skip

Hamro Sanchar

नेकपाको समानुपातिक सूचीमा को-को परे ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका लागि समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।

विभिन्न क्लस्टरबाट ९ जनाको नाम आयोगमा बुझाएको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

छनोट सूचीमा खसआर्य समूहबाट प्रमेश हमाल, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढाको नाम रहेको छ ।

अपांगता समूहबाट प्रेम बयक, महिला समूहबाट बलावती शर्मा, मधेसी समूहबाट जोगकुमार बर्बरिया यादव परेका छन् ।

यस्तै, दलित समूहबाट पार्वती विक र गणेश विश्वकर्मा छन् भने थारु समूहबाट निराशा चौधरी डगौरा परेकी छन् ।


प्रतिकृया दिनुहोस्