Skip

Hamro Sanchar

नेपाल आइपुगे अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १ गते


काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल आइपुगेका छन्।

अमेरिकी सेनाका प्यासिफिक कमान्डका डेपुटी कमान्डिङ जेनरल जोएलसहितको टोली तीन दिने भ्रमणमा आइपुगेको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

आइतबार नेपाल आइपुगेको टोली मंगलबारसम्म नेपालमा रहने तालिका छ। भ्रमणका क्रममा औपचारिक भेटघाटका कार्यक्रम तय गरिएको छ। तर को कसलाई भेट्ने कार्यक्रम छ भन्ने सेनाले खुलाएको छैन।

यस्तै पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गर्नेछन्।

यस प्रकारको भ्रमणबाट दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने, मानवीय सहयोग, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य जस्ता क्षेत्रमा टेवा पुग्ने विश्वास सेनाले गरेको छ।


प्रतिकृया दिनुहोस्