
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।आज बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए ।
खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फ चारजनाको नाम टुंगो लगाइएको उनले जानकारी दिए । यसमध्ये ४८ महिला रहेका उनले बताए ।
यो नामावली आजै निर्वाचन आयोगमा बुझाइने उनले जानकारी दिए । नामावली रुजु गरेर आयोगले नै सार्वजनिक गर्ने उनले बताए ।













