Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

३० बढी नेताको गगनलाई सुझाव : पार्टी संकटमा छ राजिनामा नदिनु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३० गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन्।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।

आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए ।

‘यस्तो बेलामा पार्टीलाई पनि निकास दिन र १५ औं महाधिवेशन गर्न तपाईंको नेतृत्व जरूरी छ । राजीनामा नदिनुस् भन्यौ,’ उनले भने । निर्वाचनमा हारजित स्वाभाविक भएको र मतदाताले झुक्किएर मत र मन परिवर्तन गर्नुलाई अन्यथा लिन नहुने उनीहरूको भनाइ छ ।

‘संसदीय व्यवस्थामा निर्वाचनमा हारजित भइहाल्न्छ । मतदाताले कहिलेकाहीँ झुक्केर पनि मन र मत परिवर्तन गर्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन भन्यौं,’ सहमहामन्त्री रसाइलीले भने ।

सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, बिष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जन केन्द्रीय सदस्यहरू गएका उनले बताए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिकूल परिणाम आएपछि कांग्रेसमा सभापति थापाले राजीनामा दिनुपर्ने स्वरहरू सुनिन थालेका छन् ।

उनले पनि केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।


प्रतिकृया दिनुहोस्