Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बुवाको निधनको शोकमा रहेका ओलीले आजै बोलाए एमाले सचिवालय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३० गते


Advertisement

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

शनिबार दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो।

अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको थियो। बुवाको निधनको शोकमा रहेका ओलीले आजै पार्टीको सचिवालय बैठक बोलाएका हुन्।

गएको निर्वाचनको समीक्षा, समानुपातिक सांसद् छनोटसहितका एजेण्डामा छलफल गर्न ओलीले बैठक बोलाएका स्रोतले जनाएको छ।


प्रतिकृया दिनुहोस्