Skip

Hamro Sanchar

अबदेखि नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २९ गते


काठमाडौं । नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार इरानी नागरिकलाई नेपाल सरकारले अनअराइभल भिसा उपलब्ध नगराउने भएको हो।

सरकारी र कूटनैतीक राहदानी बाहेकका नागरिकले अबदेखि विदेशस्थित नेपाली दूतावासबाट भिसा लिए मात्रै नेपाल प्रवेश गर्न मिल्ने भएको हो।

योसँगै नेपालमा अनअराइभल भिसा प्राप्त नहुने मुलुकको संख्या १३ पुगेको विभागका प्रवक्ता ढकालले बताए।

यसअघि नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा पाउँदैनन्।

यसैगरी शरणार्थी स्टाटसका ट्राभल डकुमेण्ट भएका व्यक्तिले पनि नेपाल प्रवेश गर्दा विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएर मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था छ ।


प्रतिकृया दिनुहोस्