Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीलाई समवेदना दिँदै बालेनले भने : पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २९ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) ले पृतिशोकमा रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत भावुक स्टाटस लेख्दै बालेनले दिवंगत पिताजीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले केही समयअघि मात्रै आफूले पनि पिता गुमाएको सन्दर्भ जोड्दै ओलीको पीडामा साथ दर्शाएका छन्।

बालेनले संस्कृतको श्लोक उद्धृत गर्दै पितालाई रक्षा गर्ने गुरु र देवताका रूपमा व्याख्या गरेका छन्। उनले लेखेका छन्, ‘नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरुः। नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नम..’

आफ्नो व्यक्तिगत अनुभव साट्दै उनले अगाडि लेखेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। पात्र एक, भूमिका अनेक।’

आफूले बुवा गुमाउँदाको पीडा सम्झिँदै उनले ओलीलाई सहानुभूति दिएका छन्। ‘केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ- पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ बालेनले लेखेका छन्।

उनले पूर्वप्रधानमन्त्री ओलीलाई पर्न गएको यो अपूरणीय क्षतिमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै बुवाको दिवंगत आत्माको वैकुण्ठवासको कामना समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस्