Skip

Hamro Sanchar

कांग्रेसलाई भोट मागेको भन्दै गाउपालीका उपाध्यक्ष एमालेबाट निष्कासित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २९ गते


विराटनगर । चुनावमा अन्तर्घात गरेको आरोपमा नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निष्कासन गरेको छ ।

जिल्ला कमिटी बैठकले गाँउपालिका मुनालाई साधारणसदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

लामो समयदेखि पार्टीको सम्पर्कमा नरहेको, पटक पटक सम्पर्कमा आउन ताकेता गर्दा पनि नमानेपछि कारबाही गरिएको एमाले धनकुटाका अध्यक्ष शिव आङ्लाले बताए ।

मुनाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीविरुद्ध गतिविधि गरेको र अन्तर्घात गरेको पाइएको आङ्लाले जानकारी दिए । भीम राईको संयोजकत्वमा गठित छानबिन समितिले मुनालाई कारबाही सिफारिस गरेको थियो ।

उपाध्यक्ष राईले कांग्रेसका उम्मेदवारलाई भोट मागेको प्रमाण रहेको एमाले स्रोत बताउँछ । धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई पुनस् निर्वाचित भएका छन् ।


प्रतिकृया दिनुहोस्