Skip

Hamro Sanchar

वर्षाले काठमाडौंमा केही राहत, वायु प्रदुषण घट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २९ गते


काठमाडौं । बिहिबार परेको पानी र हावाहुरीले काठमाडौं उपत्यकामा केही राहत मिलेको छ । वर्षापछि काठमाडौंको वायु प्रदूषण अघिल्ला दिनको तुलनामा केही घटेको छ ।

विश्वभरको वायु गुणस्तर रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे ६ बजे काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ८६ पुगेको छ ।

यसअघि बिहानै एक्यूआई ३४ सम्म थियो, जुन स्वास्थ्यका दृष्टिले राम्रो मानिन्छ ।

फागुन २६ गते त एक्यूआई २०६ मापन भएको थियो । बिहिबार पनि एक सय ५० भन्दा माथि थियो । यसलाई वायुको गुणस्तर अति खराबस्तर मानिन्छ ।

विश्वस्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ । ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।

हिजो काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भागका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएकाले आकाशमा जमेको धुलोका कणहरु केही हदसम्म पखालिएको छ । हावाहुरी चल्दा प्रदूषणको तहलाई उडाएर लैजान्छ । यसले गर्दा हावाको गुणस्तरमा केहीहदसम्म सुधार देखिएको छ ।

 


प्रतिकृया दिनुहोस्