
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार किशोरी साह कमलको नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्रको नाममा अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले बिहीबार (फागुन २८) अन्तरिम आदेश दिएको हो ।
कर्जा सूचना केन्द्रले कालोसूचीमा नाम राखेका कारण साहको उम्मेदवारी खारेज भएको थियो । त्यसपछि साहले सर्वोच्च अदालतका रिट दिएका थिए ।
सर्वोच्चका न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चले कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने भएको छ । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न घण्टीमा उल्लेख्य मत परेको छ ।
आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उमेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।














