Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

निगम भन्छ अभाव छैन, तर बालाजुमा ग्यास लिन उपभोक्ताको लामो लाइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २८ गते


Advertisement

काठमाडौं । पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय विकसित भएको परिस्थितिका कारण विश्व बजारमा पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति प्रभावित हुन थालेको छ। यसको असर छिमेकी देशहरूमा देखिन थालेपछि नेपालमा पनि सम्भावित अभावको चर्चा बढ्दै गएको छ।

नेपाल आयल निगम ले भने देशमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव नरहेको दाबी गर्दै आएको छ। तर बजारमा भने ग्यासको कृत्रिम अभाव भएको गुनासो उपभोक्ताबाट आउन थालेको छ।

बालाजु औद्योगिक क्षेत्र भित्र रहेको नेपाल ग्यास उद्योग को वितरण कक्षमा ग्यास लिनका लागि सयौं सर्वसाधारणको लामो लाइन देखिन थालेको छ। ग्यास सिलिन्डर बोकेर आएका उपभोक्ताहरूले बाहिरका ग्यास डिपोहरूमा ग्यास नपाएको कारण यहाँ आउन बाध्य भएको बताएका छन्।

उपभोक्ताहरूका अनुसार विभिन्न डिपोहरूमा ग्यास नपाइएपछि वितरण केन्द्रमै पुगेर ग्यास लिनुपर्ने अवस्था सिर्जना भएको हो। बजारमा देखिएको यो अवस्थालाई लिएर सम्बन्धित निकायले अनुगमन बढाउनुपर्ने माग समेत उपभोक्ताले गरेका छन्।


प्रतिकृया दिनुहोस्