Skip

Hamro Sanchar

रेनुलाई हराएकी सोबिताको चुनाव खर्च ९ लाख ९३ हजार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २८ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचित सांसद सोबिता गौतमले चुनाव खर्च निर्वाचन आयोगमा बुझाएकी छन् ।

चितवन-३ बाट निर्वाचित उनले ९ लाख ९३ हजार ४५ रुपैयाँ चुनावमा खर्च भएको विवरण आयोगमा बुझाएकी हुन् ।

गौतमले सबैभन्दा बढी खर्च सवारी साधनमा गरेको उल्लेख छ । २ वटा सवारीसाधन, चालक र इन्धनसहित १५ दिनमा ३ लाख २५ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

प्रचारप्रसार सामग्रीमा ३ लाख १७ हजार ४०० खर्च भएको उल्लेख गरिएको छ भने चुनाव प्रचारका क्रममा खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार खर्च भएको विवरणमा उल्लेख छ ।

गौतमले बुझाएको चुनावको खर्च विवरणमा वडा स्तरीय प्रचारप्रसारमा १ लाख खर्च भएको उल्लेख छ । नमूना मतपत्र र घोषणापत्र छपाइमा ७४ हजार २००, मतदाता प्रशिक्षणमा ३० हजार, सचिवालयको स्टेसनरी खर्चमा २३ हजार ४४५ र मनोनयन दर्तामा पाँच हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

उनी चितवन-३ बाट ५९ हजार २७७ मत ल्याएर निर्वाचित भएकी हुन् । यो निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल २० हजार ६१५ मत ल्याएर दोस्रो बनेकी थिइन् ।


प्रतिकृया दिनुहोस्