Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सिराहाकाे एक ल फर्ममा बम विस्फोट, एक जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


Advertisement

सिरहा । सिराहामा बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।

सिराहा नगरपालिका १ सिरहा बजारमा रहेको कामधेनु ल फर्ममा बुधबार अपरान्ह सुतली बम विस्फोट भएको हो।

बम विस्फोटमा सिराहा ७ का मधुसुधन यादवका छोरा २८ वर्षका सौरभ यादव घाइते भएका छन्। उनको खुट्टा र टाउकोमा चोट लागेको छ। उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ।

सुतली बमजस्तो देखिने वस्तु कागजमा बेरेको अवस्थामा रहेकाले अहिले घटनास्थलमा बम डिस्पोजल टोली पुगेको मधेस प्रदेशका प्रहरी प्रवक्ता एसएसपी कमल थापाले बताए।

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि घटनास्थलमा छ। घटनास्थलमा कुनै पर्चा पम्प्लेट फेला परेको छैन। थप अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।


प्रतिकृया दिनुहोस्