Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पर्वतारोहणमा जाने पर्यटकको नक्कली उद्धार प्रकरणमा थप एक जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


Advertisement

काठमाडौं । पर्वतारोहणमा गएका पर्यटकको नक्कली उद्धार गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

बुधबार थप एक जनालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

पानारोमा हिमालय ट्रेकिङ एन्ड एक्सपिडिसन प्रालिका सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई पक्राउ गरेको हो।

योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपालस्थि एजेन्ट, हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक गरी पक्राउ पर्नेको संख्या १० पुगेको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ मा राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुरमा र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।

यसरी पक्राउ परेका व्यक्तिहरूले नेपालमा पर्वतारोहणमा आएका पर्यटकको नक्कली उद्धार गर्ने गरेको आरोप छ।

ट्रेकिङमा गएका पर्यटनलाई अनावश्यक रूपमा डर त्रास देखाउने, सामान्य बिरामी देखिए पनि ज्यानै जान सक्ने त्रास देखाउने गरेको सिआइबीको अनुसन्धानमा देखिएको हो।

यसरी त्रासमा पारेपछि उद्धारका लागि सेटिङमा रहेका हेलिकप्टर कम्पनीमार्फत काठमाडौं ल्याउने गरेको आरोप छ।

काठमाडौंकै अस्पतालमा लगेर उपचार गराउने र पछि बिमा दाबी गरी ठगेको आरोप उनीहरूमाथि छ। यसरी संगठित रूपमा अपराध गरेको जिकिर सिआइबीको छ ।


प्रतिकृया दिनुहोस्