Skip

Hamro Sanchar

दुई सातापछि दुबई उडान गर्दै नेवानि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २६ गते


ररकाठमाडौं । खाडी मुलुकमा चर्किएको द्वन्द्वपछि प्रभावित हवाई उडान क्रमशस् सुरु हुने क्रममा छ ।

यसैबीच नेपाल वायुसेवा निगम (नेवानि)ले बुधबार काठमाडौं-दुबई रुटमा उडान गर्ने भएको छ । नेवानिले २८ फेब्रुअरीयता उडान गर्न सकेको थिएन

कम्पनीका अनुसार २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिई यात्रा गर्न असमर्थ यात्रुले बुधबार यात्रा गर्न इच्छुक भए टिकट पुनस् प्रमाणीकरण गराइ यात्रा गर्न सक्ने छन् ।

त्यसपछि नेवानिको सूचना समेत आधार मानेर यात्रा गर्न सकिने छ । प्रमाणीकरण गरिएका यात्रुलाई मात्र विमानस्थल जान नेवानिले भनेको छ ।

नेवानिको इमेल ठेगानामा टिकट पठाइ प्रमाणीकरण गर्न सकिने सुविधा दिइएको छ । सिट उपलब्धता अनुसार पहिलेदेखि रोकिएका यात्रुलाई पहिलो प्राथमिकता दिई पहिलो टिकट दिने गरी सेवा उपलब्ध गराइने भएको छ ।


प्रतिकृया दिनुहोस्