Skip

Hamro Sanchar

पदभार ग्रहण गरेर १० मिनेटमै रास्वपा कार्यालयबाट निस्के बालेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौं । वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गरेका बालेन शाह आज काठमाडौं महानगरका मेयर पदबाट राजीनामा गरी पार्टी कार्यालय घन्टीघर पुगेका छन्।

रास्वपा कार्यकर्ताको ठूलो भिडभाडबीच चमतीस्थित पार्टी कार्यालय पुगेका बालेनले प्रांगणमा रहेको घन्टी बजाएर आफ्नो पार्टी प्रवेशलाई आधिकारिकता दिएका छन्।

उनलाई स्वागत गर्न पार्टी सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायत नेताहरू प्रांगणमै आएका थिए।

घन्टी बजाएर पार्टी प्रवेश गरेका बालेनले रास्वपामा पदभार पनि ग्रहण गरे। त्यसलगत्तै उनी पार्टी कार्यालयबाट बाहिरिएका छन्।

पुस १३ गते रास्वपा सभापति लामिछानेसँग सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका बालेन आज पहिलो पटक कार्यालय छिरेका हुन्। तर उनी १५ मिनेटभन्दा बढी कार्यालयमा बसेनन्।

उनी आजै साँझ जनकपुर जाने कार्यक्रम छ। जनकपुरमा भोलि सोमबार रास्वपाले कार्यक्रम गर्दैछ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन सहभागी हुँदै छन्।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर जितेका बालेनले रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। उनले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका छन्।


प्रतिकृया दिनुहोस्