Skip

Hamro Sanchar

कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १ गते


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् ।

आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनले आज बुधबार पौडेल र घिमिरेलाई महामन्त्री पदमा चयन गरेको हो। आज बिहान उम्मेदवारी दिँदा महामन्त्री पदमा उनीहरूको मात्रै उम्मेदवारी दर्ता भएको थियो ।

पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार आइतबारदेखि काठमाडौँमा विशेष महाधिवेशन सुरु भएको थियो ।


प्रतिकृया दिनुहोस्