Skip

Hamro Sanchar

उज्यालो नेपाल पार्टीले कसैसँग एकता गर्दैन : कुलमान घिसिङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)अध्यक्ष कुलमान घिसिङले कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्ने बताएका छन्।

सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसको खण्डन गरेका हुन्।

‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो,’ उनले भनेका छन्।

उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको उनको भनाइ छ। र, भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराएका छन्।

‘यस्ता निराधार र भ्रम फैलाउने समाचारमा विश्वास नगर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।


प्रतिकृया दिनुहोस्