Skip

Hamro Sanchar

रास्वपा-उनेपाबीच ७ बुँदे सहमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, १४ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।

सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।

सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ ।

त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ ।जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।

 


प्रतिकृया दिनुहोस्